November 19th, 2019

बीमा क्षेत्रमा पूर्वाधार बलियो बनाउन आबश्यक

बैंकिङ खबर ।  बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बीमा क्षेत्रमा पूर्वाधारमा लगानी गर्नुपर्ने अबस्था भएको बताएका छन् । उनले बीमा कम्पनीहरुलाई पूर्वाधार क्षेत्रमा लगानी बढाउन निर्देशन दिए । काठमाडौंको भृकुटीमण्डपमा आयोपजित बैंकिङ् एक्स्पोमा बीमा विशेष कार्यक्रममा बोल्दै अध्यक्ष चापागाँईले तत्काल बीमा कम्पनीले पूर्वधारमा लगानी गनुपर्ने बेला आएको बताए । बीमा समितिले लगानी निर्देशिका जारी गरेको र त्यसमा बीमा कम्पनीले बैंकको ऋणपत्रमा लगानी गर्नसक्ने व्यवस्था गरेको पनि जानकारी गराए । अहिले बीमा कम्पनीहरुले बैंकमा पैसा राख्ने गरेको र त्यो पैसा अन्य प्राथमिकता प्राप्त क्षेत्रमा लगानी नगरेको खण्डमा बीमा कम्पनीहरु नै फ्लप हुने धारणा राखे । बीमा समितिका अध्यक्ष चापागाईले बीमाको पहुँच २६ प्रतिशतमा पुगेको उल्लेख गर्दै केही बीमा कम्पनीहरुले अप्ठेरो अवस्थाको सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताए । बीमा समितिका अध्यक्ष चापागाईले सरल मर्जरको नीति अघि सारेको उल्लेख गर्दै साईबर बीमाको क्षेत्रमा पनि बीमा बजार विस्तार गर्नुपर्नेमा जोड दिए । बजारको दायरा फराकिलो बनाउनेतर्फ सबैले ध्यान दिन आग्रह गरे । समितिका अध्यक्ष चापागाईले नयाँ बीमा कम्पनीहरुको दर्ता गर्ने ढोका २०७३ सालमै बन्द गरिएको प्रष्ट पार्दै बीमा कम्पनीहरुलाई नियमन गर्न जस्तोसुकै कदम चाल्न आफू तयार रहेको बताए ।

कार्यक्रममा वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक एवं मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले बीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि र बीमा शिक्षा अभिबृद्धिका लागि ग्रामिण तहसम्म वित्तीय जागरण राष्ट्रिय अभियान संचालन भइरहेको बताए ।

कार्यक्रममा निर्जीवन विमाका तर्फबाट विजय बहादुर शाह र जीवन बीमाका तर्फबाट प्रविणरमण पराजुलीले सुरक्षाको लागि अपरिहार्य रहेको बीमाको आबश्यकतालाई बोध गर्न सक्नुपर्ने बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]