November 17th, 2019

नेपाल बैंकले साँढे दुई अर्बको डिबेञ्चर जारी गर्ने

बैंकिङ खबर । नेपाल बैंकले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको डिबेञ्चर जारी गर्ने भएको छ । ’१०% एनबिएल डिबेञ्चर २०८३’ जारी गर्नको लागि बैंकले निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङलाई नियुक्त गरेको छ ।

सात वर्षका लागि निष्काशन गर्न लागिएको डिबेञ्चरको व्याजदर १० प्रतिशत रहेको छ । कुल २५ लाख कित्ता डिबेञ्चर मध्ये १५ लाख कित्ता व्यक्तिगतलाई र १० लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरिने भएको छ ।

निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]