November 11th, 2019

उन्नति लघुवित्तद्धारा मृतक सदस्यको परिवारलाई बिमा रकम प्रदान

बैकिङ खबर । रुपन्देही स्थित उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भलुहीले मृतक परिवारका सदस्यलाई बिमा रकम प्रदान गरेको छ । लघुवित्त संस्थाले स्थानिय महिलाहरुको समूह बनाई उक्त समूह मार्फत विना धितो कर्जा प्रवाह गर्दै आएको छ । त्यसै अन्र्तगत देवदह ०३ स्थित उन्नति सेमरहना महिला समूहकी सदस्य मिना दर्जीको अल्पायुमै कालगतिले निधन भएपछि सदस्यले पाउने बिमा रकम एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । मृतकको श्रीमान् भिम बहादरु, दर्जीलाई विमा वापतको रकम रु १ लाख ३० हजार रुपैयां शाखा कार्यालय भलुही शाखा प्रमुख अनिल शाहीले प्रदान गर्नुभयो ।

संस्थाका अनुसार समूहका सदस्यले कर्जा लिए वापत बैंकको बीमा नियम अनुसार सदस्यको कालगतिमा मृत्यु भएमा १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यु भए २ सय प्रतिशत साथै सदस्यको श्रीमान्को मृत्यु भएमा १ सय प्रतिशत क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको शाखाका कर्मचारी शारदा थापाले जानकारी दिनुभयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]