November 1st, 2019

गरिमा विकास बैंकले १७ प्रतिशत लाभांश दिने

बैंकिङ खबर । गरिमा विकास बैंकले १७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको कात्तिक १४ गते बसेको संचालक समितिको बैठकले १६.१५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ ।

हाल गरिमा विकास बैंकको चुक्तापुँजी दुई अर्ब ७८ करोड ८३ लाख ६७ हजार नौ सय ९६ रुपैयाँ ७८ पैसा छ । यसको १६.१५ प्रतिशतले हुन आउने ४५ करोड तीन लाख २१ हजार चार सय ३१ रुपैयाँ बराबरको बोनस सेयर र उक्त सेयरको कर प्रयोजनका लागि दुई करोड ३७ लाख एक हजार एक सय २७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव संचालक समितिले गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी १३औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]