October 25th, 2019

स्वदेशी लघुवित्तले वितरण गर्यो अतिविपन्न परिवारलाई राहत


बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तिय संस्था लि.ले तुल्सीपुर उपमहानगरपालीका वडा नं. ३ पैयाखोरे स्थित लामो समय देखी राहतको पर्खाइमा बसेका एक साहारा बिहिन अतिविपन्न परीवारलाई विभिन्न राहत सामग्री प्रदान गरेको छ ।
लामो समय देखी विपन्नता उन्मुुलनमा समर्पीत संस्था स्वदेशी लघुवित्त तथा भि.जि फाउन्डेसन काठमाडौंको आर्थिक सहयोगमा विपन्न जितमान वि.क. को घरैमागई उक्त परीवारलाई संस्थाले स्थानिय जन प्रतिनिधीहरु तुल्सीपुुर उपमहानगरपालीका वडा न.३ र ४ का वडा सदस्य डिला परियार र गोविन्द अधिकारी लगायत पत्रकारहरु, अन्य संस्थाका प्रतिनिधीहरुको रोहबरमा रु २०,२८० बराबरको लत्ता कपडा, खाद्यान्न सामग्रीहरु र रु २०,००० नगदसहित रु ४०,२८० बराबरको राहत हस्तान्तरण गरेको हो ।
ज्यालामजदुुरी गरी परीवार चलाउदै आएका जितमान वि.क. उक्त परीवारको एक मात्र साहारा थिए तर दुुर्घटनामा परी सख्त बिरामी परेका उनी हस्पिटलमा थला परे पछी परीवारमा ठुुलो बज्रपात परेको थियो । बस्ने बास समेत गतिलो नरहेको सो परिवार थलिएपछि ढल्कदो उमेरकी उनकी पत्निले गाउँ घरमा मागेर गुजारा चलाउँदै आएकी र हस्पिटल खर्च समेत तिर्न नसकी चरम समस्यामा रहेको थाहा पाए पछी संस्थाको त्रिपुर शाखाको पहलमा उक्त राहत सामग्री तथा नगद रकम जुटाई हस्तान्तरण गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]