October 24th, 2019

माथिल्लो अरुण जलविद्युतले झन्डै १८ अर्बको आईपिओ निष्काशन गर्ने

बैंकिङ खबर । बुधबार मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले सर्वेक्षणको अनुमति दिएको माथिल्लो अरुण जलविद्युत आयोजनाले सर्वसाधारणका लागि ४९ प्रतिशत शेयर निष्काशन गर्ने भएको छ । आयोजनाको कूल लागत १ खर्ब २० अर्ब हाराहारीमा हुने बताइएको छ । कूल ३० प्रतिशत स्वपूँजी र ७० प्रतिशत ऋण लिने तयारीमा छ । स्वपूँजी मध्ये ४९ प्रतिशत सर्वसाधारण र बाँकी ५१ प्रतिशतमा पनि नेपाल विद्युत् प्राधिरकणलगायतको लगानी रहनेछ । यस आधारमा करिब १८ अर्ब रुपैयाँ बराबरको शेयर सर्वसाधारणका लागि जारी गरिनेछ ।

कूल १०६१ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त आयोजनालाई सरकारले नेपालको पानी जनताको लगानी कार्यक्रममा समावेश गरेको छ । यसबाहेक २० आयोजना यस कार्यक्रममा समावेश छन् । यस आयोजनाका लागि विश्व बैक, युरोपेली लगानी बैकको सुहलियतपूर्ण ऋण तथा कर्मचारी संचय कोष, नागरिक लगानी कोष जस्ता स्वदेशी वित्तीय संस्थाको रकम समेत परिचालन गर्ने योजना छ ।

सो आयोजनाको हाल विस्तृत अध्ययन भइरहेको छ । आयोजनाको निर्माण २०८३ को पुसभित्र सक्ने लक्ष्य राखिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]