बैंकिङ खबर । चौतारी लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय बुटवलको आयोजनामा सहायक कर्मचारीहरुको क्षमता बिकास गर्ने उद्धेश्यका साथ दिने फिल्ड ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । बुटवलमा तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले तालिम बाट कर्मचारीको दक्षतामा बिकास भई संस्थागत लक्ष्य हासिल गर्न उर्जा मिल्ने र सबै कर्मचारीलाई दक्ष कर्मचारीको रुपमा बिकास गर्ने संस्थाको उद्धेश्य रहेको बताउनु भएको थियो भने संस्थाका नायब कार्यकारी अधिकृत हरिकृष्ण जोशीले तालिम कहिल्यै नसकिने र यसले कर्मचारीको वृद्धि बिकासमा ठुलो भुमिका निर्बाह गर्ने बताउदै यस तालिमबाट सिकेका कुराहरु फिल्डमा गई लागु गर्नुृपर्ने बताउनु भएको थियो । तालिममा बिमल खनाल, ख्यामकान्त अर्याल, ज्ञानिश्वर पन्त, अमरनाथ सेढाई र कृष्ण बहादुर चौधरीले प्रशिक्षण दिनु भएको थियो भने तालिममा विभिन्न ७ जिल्लाका ३२ जना सहायक कर्मचारीहरुको सहभागिता रहेको संस्थाका आन्तरिक लेखापरिक्षण बिभागका बिभागिय प्रमुख बिमल खनालले बताउनु भएको थियो ।
लघुवित्त
चौतारी लघुवित्तद्धारा सहायक कर्मचारीहरुलाई फिल्ड व्यवस्थापन तालिम सम्पन्न
२०७६ कार्तिक ४ गते
