बैंकिङ खबर । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाले लघुबित्तको क्षेत्रमा बढ्दो चुनौतीहरुको सामना गर्ने विषयमा अन्तरक्रिया गर्दै शाखा प्रबन्धकहरुको दुई दिने गोष्ठी सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा विभिन्न ११० वटा शाखा कार्यालय तथा कर्पोरेट कार्यालय सहित १३५ जनाको सहभागिता रहेको संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहालले जानकारी दिनुभयो ।
गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले शाखा प्रबन्धकहरुले गुणात्मक र संख्यात्मक रुपमा बैंकिङ कारोबार अभिवृद्धिका साथै सामाजिक बैंकिङ क्रियाकलापहरुमा समेत सक्रियता बढाउनुपर्ने बताउनुभयो । त्यस्तै शाखा कार्यालयहरुमा देखिएका दुबिधाहरुको छलफल गरि आवश्यक सुझाब दिनुभएको थियो । उक्त गोष्ठीमा शाखाको गत आर्थिक वर्षको उपलब्धि एवं चालु आर्थिक वर्षको ब्यवसाय बिस्तार लक्ष्यको साथै शाखा ब्यवस्थापनको बारेमा योजना प्रतिबेदन पेश गरिएको थियो ।
नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय स्थापना गरेर कार्य गरिरहेको संस्थाले हाल सम्म देशका विभिन्न ५६ जिल्लाहरुमा १० वटा अनुगमन कार्यालय र ११०वटा शाखा कार्यालयहरु मार्फत १ लाख विपन्न परिवारहरुलाई लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।
