Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थानद्धारा बिमा क्षतिपूर्ति रकम वितरण

२०७६ आश्विन ३० गते

 


बैंकिङ खबर । काठमाण्डौ को नक्सालमा केन्द्रिय कार्यालय रहेको निर्धन उत्थान लघुवित वित्तिय संस्था लिमिटेड शाखा कार्यालय पाचंकन्या धरान सुनसरीले बिमा क्षतिपूर्ति रकम वितरण गरेको छ ।

सस्थाले केराबारी गाउँपालिका ६ सानोराङ्चामा गठन भएको सानोराङ्चा महिला स्वावलम्बी समुहकी सदस्य कृष्णमाया मगरको मृत्यू पश्चात उहाँका श्रीमान पूर्ण बहादूर आले मगरलाई आज एक कार्यक्रमका बिच बिमा क्षतिपूर्ति रकम वितरण गरेको छ ।

केराबारी गाउँपालिका वडा नं ६ का वडा सदस्य मेघराज राईले मृतक का श्रीमान पूर्ण बहादूर आले मगरलाई विमा वापतको रकम रु १ लाख ४० हजार रुपैया प्रदान गर्नुभयो ।

वडा सदस्य मेघराज राईले ग्रामिण कर्जा बिमा कार्यक्रम अत्यन्तै प्रभावकारी रुपमा संचालन गरेको साथै लघुवित्त संस्थाले स्थानिय महिलाहरुको समूह बनाई उक्त समूह मार्फत विना धितो कर्जा प्रवाह गर्दै उनीहरुको जिवनस्तरमा सुधार गरेकोमा प्रशंसा गर्नुभयो ।

संस्थाका अनुसार समुहका सदस्यले कर्जा लिए बापत बैंकको बीमा नियम अनुसार सदस्यको कालगतीमा मृत्यूुभएमा १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यू भए २ सय प्रतिशत साथै सदस्यको श्रीमानको मृत्यु भएमा १४ हजार क्षतिपूर्ति रकम दिने व्यवस्था गरिएको शाखाका कर्मचारी चुडामणी पौडेलले जानकारी दिनुभयो ।

Ad