October 16th, 2019

निर्धन उत्थान लघुवित्तको ब्यवसायिक कुखुरापालन तालिम सुरु


बैंकिङ खबर । काठमाण्डौं नक्सालमा केन्द्रीयकार्यालय रहेको निर्धन उत्थानलघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका ३० जना ग्राहक सदस्यहरुको सहभागितामा भिंग्रीबजारको होटल स्वर्गद्धारीमा स्वर्गगद्धारी नगरपालिका का नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्री र संस्थाका कार्यक्रम ब्यवस्थापक जिताराम गौतमले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उदघाट्न गर्नुभयो । तालिमको सुरुवात कार्यक्रम शाखा प्रमुख रेशमलाल तिवारीको अध्यक्षता र नगर प्रमुखको प्रमुख आतिथ्यतामा संचालन भएको थियो । तालिम संचालन संस्थाको शाखा कार्यालयका लेखापाल सन्तोष कुमार आचार्यले गर्नु भएको थियो । यस तालिममा प्रशिक्षकहरु दोण प्रसाद पोख्रेल, विष्णु के.सि., जुद्ध भण्डारी, शाखाप्रमुख रेशमलाल तिवारी, क्षेत्रीय कार्यालय कोहलपुरका कार्यक्रम ब्यवस्थापक जिताराम गौतम रहनुभएको छ ।

नेपालमा गरिवी न्युनिकरण, महिलाशसक्तीकरण र स्वरोजगारी सुजना रोजगारीको वृद्धि गर आर्थिक सम्वृद्धि को लागि लघु उद्यमीलाई विकास गर्न र एक परिवारमा एक जना उद्यमी बनाउन पहल गरीरहेको संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवादिईरहेको र यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका कार्यक्रम ब्यवस्थापकले बताएका थिए । यस्तै, संस्थाको भिंग्रीबजार शाखाका सहायक कमल प्रसाद भुसालले तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्यबारेमा प्रकाश पार्नुभएको थियो ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था देशको ७७ वटै जिल्लाहरुमा शाखा संञ्जाल रहेकोे लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी लघुवित्त सेवा प्रदान गरिरहेकोे छ । संस्थाले ग्रामीण क्षेत्रमाबसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो लगानीगर्नुका साथै सीपमूलक तालिम, उद्यमशील विकास तालिम, वित्तीय साक्षरता ब्यवसायीक साक्षरता र सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, बौैंद्धिक विकास गर्दै आईरहेको छ । संस्थाले देशको अतिदुर्गम स्थानहरुमा समेत शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीपविकास तालिम प्रदान गर्दै आईरहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आई रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]