October 11th, 2019

प्रभु बैंकले १६ प्रतिशत बोनस शेयर दिने

बैंकिङ खबर । प्रभु बैंकले आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । गत वर्ष आठ प्रतिशत मात्रै दिएको बैंकले यस वर्ष दोब्बर बोनस सेयर दिने घोषणा गरेको हो ।

हाल प्रभु बैंकको चुक्ता पूँजी आठ अर्ब ८९ करोड रुपैयाँ छ। एक अर्ब ४२ करोड रुपैयाँ बोनस शेयर वितरणपछि चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ।

संचालक समितिबाट प्रस्तावित बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई बैंकको आगामी हुने १८ औ वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

गत आर्थिक वर्षमा बैंकले दुई अर्ब ५ करोड रुपैयाँ नाफा गरेको थियो। जस मध्ये लाभांस बाँड्न योग्य नाफा एक अर्ब ७३ करोड रुपैयाँ थियो।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]