बैंकिङ खबर । कृषि विकास बैंकको ह्याकर प्रकरणमा ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको प्रष्ट्याइएको छ । यस अघि एक करोड ५६ लाख रुपैयाँ चोरी भएको भनिएको थियो । कृषि विकास बैंकले ४ करोड ३७ लाख रकम निकालिएको पुष्टि गरेको छ । लाहान शाखाबाट उक्त रकम ट्रान्ँसफर गरिएको थियो । कृषि विकास बैंकबाट भएको ह्याकिङमा कैलाश विकास बैंक समेत मुछिएको छ । कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ ह्याक गरेर निकालिएको रकममध्ये १५ लाख रुपैयाँ कैलाश विकास बैंकमा जम्मा गरिएको प्रहरीले पृष्टि गरेको छ । पत्रकार सम्मेलन मा अपराध महाशाखाका प्रमुख सहकुल थापाले कैलाश विकास बैंकको मास्टर खातामा १५ लाख रुपेयाँ ट्रान्सफर भएको बताए । कृषि विकास बैंकबाट भएको रकम ह्याकिङ प्रकरणमा प्रहरीले १२ जनालाई पक्राउ गरिसकेको छ ।
Banner News
कृषि विकास बैंकको ४ करोड ७३ लाख चोरी भएको पृष्टि, कैलाश विकास बैंक पनि मुछियो
२०७६ आश्विन ८ गते
