Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नागबेली लघुवित्त बित्तिय संस्थाको २ दिने फिल्ड व्यवस्थापन तालिम सम्पन्न

२०७६ आश्विन ५ गते

बैंकिङ खबर । नागबेली लघुवित्त बित्तिय संस्थाको २०७६ साल आश्विन ३ र ४ गते बिर्तामोड झापा मा सम्पन्न गरेको छ ।
तालिम मा फिल्ड मा लघुवित्त कर्मी हरु घरघरमा गइ सेवा गर्नु पर्ने हुदा सदस्य निर्माण देखि कर्जा असुली सम्म आइ पर्ने समस्या र त्यस्ता समस्या समाधान गर्ने उपायहरु सम्बन्धमा सहभागी हरुलाई जानकारी गरिएको थियो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले तालिममा पसिना बगाउने हरुले युद्धमा रगत बगाउनु पर्दैन भन्दै सबै सहभागी हरुलाई सदस्य छनौट तथा एन्त् संचालन गर्दा पसिना बगाउन सुझाउनु भयो । कार्यक्रममा संस्थाका प्रबन्धक रघुनाथ सुबेदीले सहभागी हरुको जिज्ञासाको जवाफ दिदै आगामी दिनमा संस्थाले आफ्ना कार्यक्रमलाइ थप प्रभाबकारी ढंगबाट अघि बढाउने जानकारी दिनु भयो। साथै फिल्ड व्यवस्थापन सम्बन्धि आमन्त्रित प्रशिक्षक खगेन्द्र तिम्सिना र अनुगमन अधिकृत महेश्वोर पौडेल साथै विभागीय प्रमुख गित खरेल पकुवल, टिकाराम सुबेदी र सुबिन राइले सहभागी हरुलाई जानकारी गराउनु भएको थियो ।

Ad