September 22nd, 2019

बैंक अफ काठमाडौंका तत्कालीन सिइओसिहत ११ जना पक्राउ

बैंकिङ खबर । बैंकिङ कसुरको घटनामा पूर्व सिइओ पक्राउ परेका छन् । नक्कली धितोमा ऋण लिएको अभियोगमा प्रहरीले बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको हो । स्रोतका अनुसार यति मोटो रकम कर्मचारीले मात्रै स्वीकृति गर्न सक्ने अबस्था हुँदैन, सिइओको हत रहेको छ । अरु पक्राउ पर्नेमा ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी रहेको बताइएको छ । उनीहरुमध्ये जना बैंकका बैंकका बहालवाला कर्मचारी छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली धितोमा कर्जा दिएको तथा अति कम्जोर खोलाको जग्गा धितोमा ठुलो रकम दिएको अभियोग लगाएको छ । खोलाभित्रको जग्गा धितो राखेर कर्जा स्वीकृत गरिएको अनुसन्धानमा देखिएको बताइएको छ । थप अनुसन्धानका लागि पक्राउ गरिएको हो । खोलाको जग्गामा ५ करोड रुपैयाँ रकम कर्जा स्वीकृत भएको र सो समय उनी सिइओ थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]