September 10th, 2019

चौतारी लघुवित्तद्धारा वित्तीय साक्षरता तथा स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न


बैंकिङ खबर । चौतारी लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता तथा स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देहीमा रहेको शाखा कार्यालयले शान्तीचोकद्धारा आयोजीत कार्यक्रम दरवार ल्वान पाटी प्यालेसमा सम्पन्न गरेको हो । उक्त कार्यक्रमका सभापतित्व ग्रहण वित्तीय संस्थाका अध्यक्ष जगत बहादुर पोख्रेलले गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेल स्वागत मन्तब्य राख्नु भएको थियो । प्रदेश नं ५ का प्रदेश सभा सदस्य अर्थ, उद्योग तथा पर्यटन सभापति दधिराम न्यौपाने प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य माननीय थानकुमारी थापाको विशिष्ठ उपस्थीती हुनुका साथै वित्तीय संस्थाका संचालकहरु पुष्पराज ढकाल, लेखनाथ पाण्डे, केशबराज पन्थी लगायत अन्य स्थानीय सामजसेवी तथा बुद्धिजिबीहरुको उपस्थीती रहेको थीयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि दधिराम न्यौपानेले लघुवित्तद्धारा गरिवि निवारणमा सहयोग पुग्नुको साथै स्वरोजगारहरु निर्माण गर्नमा टेवापुग्ने वताउनुभयो । चौतारी लघुवित्तले आफ्ना ग्राहक सदस्यलाई वित्तीय साक्षरता तथा स्वास्थ्य शिविर संञ्चालन गरी विपन्न बर्गलाई सहयोग गरेकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु संञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो भने विशष्ठ अतिथि ले महिलाहरु सामाजीक तथा आर्थीक रुपले पछाडी परेको अवस्थामा यस्ता वित्तीय संस्थाहरुले उनीहरुको स्तर उकास्न सहयोग पुग्ने वताउनुभयो साथै बित्तीय संस्थाका अध्यक्ष जगत वहादुर पोख्रेलले लघुवित्तीय संस्थाहरुले खेलेका सकारात्मक भुमीका तथा यसले पुराएको योगदानको बारेमा चर्चा गर्दै चौतारी लघुवित्त संस्थाको आगामी रणनितिको बारेमा एवं ग्राहकलाई थप सेवाविस्तार गर्ने कुरा बताउनुभयो । उक्त कार्यक्रम संञ्चालन तालिम बिभाग प्रमुख बिमल खनालले गर्नुभएको थियो । कार्यक्रममा लगभग ५ वटा शाखाका करिव १,७०० ग्राहक सदस्यहरुको उपस्थीती रहेको थियो ।
वित्तीय साक्षरता कार्यक्रमलाई सहजीकरण वित्तीय संस्थाका नायव कार्यकारी अधिकृत हरिकृष्ण जोशी तथा रमेश अर्याल, दिनेश खड्का र मिनाक्षी न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रममा ४०० जनाले स्वास्थ्य परिक्षण गराउनुका साथै औषधी पनि निशुल्क रुपमा वितरण गरिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]