September 9th, 2019

अब कुनैपनि बैंकको चेक अर्को जुनसुकै बैंकबाट साट्न सकिने

बैंकिङ खबर । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली भदौ २५ देखि लागू हुने भएको छ । भदौ १९ गते आरटीजीएस प्रणालीसम्बन्धी कार्र्यिवधि लागू भएकोमा भदौ २४ गतेभित्र पार्टिसिपेन्ट एग्रिमेन्टसम्बन्धी सम्पूर्ण काम सक्न बैंकहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यो प्रक्रिया लागु भएसंगै ग्राहकले वास्तविक समयमा नै एक बैंकबाट अर्को बैंकको जुन सुकै खातामा रकम भुक्तानी गर्न सक्नेछन् । रकम पठाउने व्यक्तिले एउटा निवेदन लेखेर बैंकमा दिएपछि सोहि समयमा नै अर्को खातामा पैसा जम्मा हुने छ ।

उक्त सेवा लिनको लागि न्युनतम २ लाख देखिको कारोबार गर्नुपर्छ भने २० लाखभन्दा माथिको कारोबारलाई यो ब्यबस्था अनिवार्य गरिएको छ । यो सुविधाको लागि फरक फरक समयको लागि फरक फरक शुल्क निर्धारण गरिएको छ । ग्राहकले यो सुबिधा बिहान १०ः३० देखि २ः३० बजेसम्म मात्र प्रयोग गर्न पाउने छन् । १ः३० बजेसम्मको लागि प्रति कारोबार १० रुपैयाँ र त्यसपछि प्रति कारोबार २० रुपैयाँ शूल्क तोकिएको छ । २ः३० देखि ३ बजेसम्म भने अन्तर बैंक कारोबार मात्र हुन्छ । त्यसको लागि प्रति कारोबार एक सय रुपैयाँ शूल्क लाग्नेछ । हाल बैंकमै गएर लिनुपर्ने यो सुविधा छिटै नै अनलाइन प्रणालीमा लैजाने र कारोबार समय पनि बढाउने बताएको छ । तत्कालका लागि वाणिज्य बैंकहरु मात्रै आवद्ध रहेको यो सिस्टममा विकास बैंक र वित्त कम्पनीलाई पनि छिटै आवद्ध गर्ने केन्द्रीय बैंकको योजना छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]