June 21st, 2016

मंगलबारको नेप्से : परिसूचक १३.७१ अंकले बढ्यो, बढेन कारोबार

nepseसाताको आइतबारदेखि नै घट्दो क्रममा रहेको नेप्से मंगलबार भने बढको छ । मंगलबार नेप्से परिसूचक १३.७१ अंकले बढेर १६२८.८१ अंकमा कायम भएको छ । बजार बिमा समूहले बढाएको छ जसको शेयर १७३.७ अंकले बढेको छ । त्यस्तै, जलविद्युत्, वाणिज्य बैंक, अन्य र विकास बैंक समूह पनि क्रमशः ५३.३२, ११.३१, ४.७ र १.२१ अंकले बढेका छन् । होटल र फाइनान्स भने क्रमशः १४.७८ र ४.१४ अंकले घटेका छन् । 

बजार बढेपनि कारोबार भने खासै बढ्न सकेन । मंगलबार सवा १ अर्बको मात्रै कारोबार भयो । दिनभरिमा १ सय ३४ वटा कम्पनिको १८ लाख १० हजार २ सय ६६ कित्ता शेयर ५ हजार ३ सय ४६ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब २१ करोड २३ लाख ७३ हजार ६ सय १३ रुपैँयाको कारोबार भएको हो । यसअघि सोमबार १ अर्ब १९ करोडको शेयर कारोबार भएको थियो । 

कुल कारोबार रकममध्ये, नेको इन्स्योरेन्सको सबैभन्दा धेरै ९ करोड ६२ लाखमाथिको शेयर कारोबार भएको छ भने नेशनल लाइफ इन्स्योरेन्सको झन्डै ८ करोडको कारोबार हुँदा सानिमा माइ हाइड्रोपावरको झन्डै ६ करोडको कारोबार भएको छ । नेशनल हाइड्रोपावरको साढे ५ करोडभन्दा माथिको कारोबार भएको छ भने एनबी बैंक र लुम्बिनी जेनेरल इन्स्योरेन्सको ४ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, सगरमाथा इन्स्योरेन्सको साढे ३ करोडको कारोबार भएको छ भने सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, एभरेष्ट बैंक लगायतको पौने ३ करोडको कारोबार भएको छ । 

प्रोफेसनल दियालो विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, राष्ट्रिय बिमा कम्पनिको प्रोमोटर शेयर र एनएमबीमाइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाउँदा नेको इन्स्योरेन्स, युनियन फाइनान्स, नेपाल इन्स्योरेन्स र सानिमा माइ हाइड्रोपावरका लगानीकर्ताले क्रमशः ९.९६, ९.९४, ९.६९ र ९.०९ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । सुर्या लाइफ इन्स्योरेन्स, पुर्णिमा विकास बैंक लगायतले पनि धेरै कमाएका छन् । गुमाउनेमा जेविल्स फाइनान्स, जानकी फाइनान्स, साझा विकास बैंक, राप्तीभेरी विकास बैंक लगायत छन् ।