Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले एटीएमबाट झिक्ने पैसाको सिमा घटायो

२०७६ भाद्र १९ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले एटीएमबाट प्रतिदिन ६० हजार मात्रै निकाल्न सकिने व्यबस्था गरेको छ । पहिले यो व्यबस्था एकलाख सम्म थियो । चिनियाँ ह्याकरले एटीएम मेसिनबाट रकम लुटेपछि राष्ट्र बैंकले नयाँ नीति लिएको हो । अब एक दिनमा एउटा कार्डबाट ६० हजार रुपैयाँमात्रै झिक्न मिल्ने छ । चिनियाँ गिरोहले एटीएमबाट रकम लुटेको विषय छानविन गर्न गठीत समितिले बैंकहरुले प्रयोग गरिरहेको म्यागनेटिक स्ट्रिप कार्डलाई परिवर्तन गरी चिप कार्ड लागू गर्न, एटीएम रकमको सिमा घटाउन, प्रविधिमा अत्याधुनिक सुरक्षाका उपायहरु अबलम्बन गर्न सुझाव दिएको थियो । राष्ट्र बैंकले गठन गरेको अध्ययन समितिले एटीएमहरु असुरक्षित बन्दै गएको उल्लेख गर्दै बैंकहरुलाई अत्याधुनिक सुरक्षाका उपायहरु अबलम्बन गर्न पनि सुझाएको छ ।