Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अध्ययन समितिले बुझायो प्रतिवेदन, एटीएममा रकम घटाउन तथा चिप कार्ड लागु गर्न सुझाव

२०७६ भाद्र १९ गते

बैंकिङ खबर । चिनियाँ गिरोहले एटीएमबाट रकम लुटेको विषय छानविन गर्न गठीत समितिले बैंकहरुले प्रयोग गरिरहेको म्यागनेटिक स्ट्रिप कार्डलाई परिवर्तन गरी चिप कार्ड लागू गर्न, एटीएम रकमको सिमा घटाउन, प्रविधिमा अत्याधुनिक सुरक्षाका उपायहरु अबलम्बन गर्न सुझाव दिएको छ । राष्ट्र बैंकले गठन गरेको अध्ययन समितिले एटीएमहरु असुरक्षित बन्दै गएको उल्लेख गर्दै बैंकहरुलाई अत्याधुनिक सुरक्षाका उपायहरु अबलम्बन गर्न सुझाएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले हालका लागि एटीएममा रकमको सिमा घटाउन पनि सुझाव दिएको छ । एक पटकमा २५ हजार रुपैयाँ र एक दिनमा १ लाख रुपैयाँसम्म एटीएमबाट निकाल्न सकिन्छ । यो सिमा घटाउन समितिले सुझाव दिएको हो । चिनियाँ ह्याकरहरुले एटीएमबाट करोडौं रुपैयाँ ठगी गरेको विषयमा ५ सदस्यीय समिति गठन गरिएको थियो ।

Ad