Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाद्धारा ब्यवसायिक उन्नत बाख्रापालन तालिम सम्पन्न

२०७६ भाद्र १५ गते


बैंकिङ खबर । काठमाण्डौंको नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा २०७६ भाद्र १२ गतेदेखि १४ गतेसम्म बांके जिल्लाको नेपालगञ्जमा “ब्यवसायिक उन्नत बाख्रा पालन तालिम” आयोजना गरेको बैंकका परसपुर शाखा कार्यालयका शाखा प्रमुख श्री टोप बहादुर रास्कोटीले जानकारी दिनुभयो । तालिममा प्रशिक्षकहरु श्री डा. हरि बहादुर कुंवर श्री डां गणेश बहादुर पुन श्री कर्मध्वज छत्याल, शाखा प्रमुख श्री टोप बहादुर रास्कोटी क्षेत्रीय प्रतिनिधि कार्यक्रम अधिकृत श्री जिताराम गौतम रहेका छन् । परस्पुर शाखाका शाखा प्रवन्धकको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन समारोहमा खजुरा गाउंपालिकाका कार्यवाहक अध्यक्ष एकमाया बि.क. प्रमुख अथिति रहनुभएको थियो । उहाले सो अवसरमा तालिममा सिकेका कुराहरुलाई व्यवसायमा उतार्न समेत आग्रह गर्दैे सबैलाई व्यवसायि वन्न स्थानिय तहबाट सहयोग गर्न तयार रहेको वताउनुभयो ।
त्यस्तै, एक परिवारमा एक जना उद्यमी बनाउन पहल गरी रहेको, निर्धन उत्थान लघुवित्तले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको र यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको संस्थाका क्षेत्रीय प्रमुख जिताराम गौतम ले बताउनुभयो ।


निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, ७ वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १८७ वटा कार्यालयहरुको स्थापना गरी ३ लाख ५५ हजार९ सय४७ जनालाई २२ अर्व लगानी गरी १२ अर्व वचत संकलन गरी यस संस्थाले लघुवित्त सेवा पु¥याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आई रहेको छ । यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आई रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आई रहेको छ ।

Ad