Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वदेशी लघुवित्तद्धारा वित्तीय साक्षरता तथा तिज विशेष कार्यक्रम सम्पन्न

२०७६ भाद्र १३ गते


बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय विरेन्द्रनगर, सुर्खेतले महिलाहरुको महान चाड तिजको अवसर पारेर संस्थामा आवद्घ महिला सदस्यहरुलाई वित्तीय साक्षरता तथा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा लगभग २०० भन्दा बढि महिला सदस्यहरुको उपस्थिति रहेको थियो । वडा अध्यक्ष नन्दलाल शर्मा को आथित्यतामा संचालित उक्त कार्यक्रममा वित्तिय साक्षरता भनेको के हो ? यसको महत्व, यसबाट महिलाहरुलाई हुने फाइदा जस्ता विषयमा पावर प्वाइन्टको माध्यमबाट जानकारी गराइ अन्तरक्रिया समेत गरिएको थियो ।
कार्यक्रममा स्वदेशी लघुवित्तका कर्मचारी, अनुगमन अधिकृत, स्थानिय बुद्घिजिवी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको समापनमा तिज विषेश कार्यक्रम अन्तर्गत खानपान तथा नाचगान समेत भएको थियो ।

Ad