Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरो माइक्रो फाइनान्सद्धारा राहत वितरण कार्यक्रम सम्पन्न

२०७६ भाद्र १२ गते


बैंकिङ खबर। मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय रामपुर्वा कोल्हबी बाराले फतुवा विजयपुर वडा नं.०८ बुनियाद टोलमा आफना २३ जना सदस्यहरुको घरपरिवारलाई गत अषाढ २६ देखी २८ गते गएको भिषण बाढि तथा बकैया नदिले गर्दा डुबानमा परेका गाउँमा जनही रु.२००० का दरले २३ जना सदस्यलाई राहत वितरण गरेको छ। उक्त कार्यक्रम रामपुर्वा शाखाका शाखा प्रबन्धक अजित कुमार मण्डलको सभापतित्वमा भएको थियो । राहत वितरण कार्यक्रममा बुनियाद टोलका समाजसेवी श्री बासकीत चौधरी, शुभनारायण चौधरी, केन्द्र प्रमुख कुञ्जन कुमारी चौधरी तथा शाखा प्रबन्धक अजित कुमार मण्डलको सयुक्त नेतृत्वमा सम्पन्न भएको थियो । राहत वितरण पछि सम्पुर्ण गाउँबासीमा उमंग छाएको थियो ।

Ad