बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको बारास्थित सिम्रौनगढ शाखाले आफुसँग कारोबार गर्दै आएको सदस्यको मृत्यु उपरान्त बीमा रकम हस्तानान्तरण गरेको छ ।
आदर्श कोतवाल गाउँपालिका वडा नं. ६ पटेर्वा निवासी सुबैदा खातुनको हृदयघातले मृत्यु भएपछि मृतकका पति नुर महम्मद मियालाई एक लाख ४० हजार रुपैयाँ बैंकका शाखा प्रमुख हसमुदिन मियाले हस्तान्तरण गरेका हुन् ।
हालसम्म यस शाखाले ३१ जनालाई बीमावापत २६ लाख दुई हजार एक सय २९ रुपैयाँ वितरण गरिसकेको छ ।