बैंकिङ खबर । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १५ जना कर्मचारीलाई नेपालका वित्तीय संस्थाहरुको संस्थागत परीक्षण र समसामयिक सवालसम्बन्धी तालिम प्रदान गरेको छ । तालिममा बैंकिङ विशेषज्ञ तथा सिए अनलराज भट्टराईले नेपालको बैक तथा वित्तीय क्षेत्रका समसामयिक सवाल र व्यवसायिक रणनीति विषयमा, केयर रेटिङ्ग प्रा.लि.का वरिष्ठ प्रबन्धक विधान ओझाले वित्तीय क्षेत्र तथा लघुवित्त वित्तीय संस्थाहरुको रेटिङ्ग विषयमा र नेशनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सन्जिब सुब्बाले बैक तथा वित्तीय संस्थामा संस्थागत संस्कार विषयमा सहजिकरण गरेका थिए ।