August 20th, 2019

स्वीडेन र नर्बेमा ७१ प्रतिशत वित्तीय साक्षरता हुँदा अष्ट्रेलियामा ६५ प्रतिशत

बैंकिङ खबर । वित्तीय साक्षरता भएका मुलुकहरु सबैभन्दा समृद्ध हुने गरेको छ । विश्वव्यापी रुपमा हेर्दा, वित्तीय साक्षरताको अवस्था १३ देखि ७१ प्रतिशतसम्म रहेको छ । सबैभन्दा कम जनसंख्या वित्तीय रुपमा साक्षर रहेको मुलुक यमन हो । यहाँका १३ प्रतिशत जनता मात्रै वित्तीय रुपमा साक्षर रहेको एक अध्ययनले देखाएको छ । वित्तीय साक्षरताको कमीका कारण यो मुलुक आर्थिक रुपले माथि उठ्न सकेको छैन ।

वित्तीय साक्षरतामा उत्तर युरोप अगाडी रहेको छ । उत्तर युरोपका ५२ प्रतिशत युवाहरु वित्तीय रुपमा साक्षर छन् । जसमध्येमा पनि डेनमार्क, स्वीडेन, जर्मनी, नर्वे र नेदरल्यान्ड्समा वित्तीय साक्षरता दर उच्च रहेको छ । यी मुलुकको वित्तीय साक्षरता दर ६५ देखि ७५ प्रतिशतसम्म रहेको छ । यसबाहेक, अष्ट्रेलिया, क्यानडा, फिनल्याण्ड, यूके लगायतका मुलुकका पनि ६५ प्रतिशतभन्दा बढी युवा वित्तीय रुपमा साक्षर छन् । संसारकै शक्तिशाली मुलुक अमेरिकाको ५७ प्रतिशत जनता वित्तीय रुपमा साक्षर रहेका छन् ।

१. स्वीेडेन
स्वीडेनका ७१ प्रतिशत जनता वित्तीय रुपमा साक्षर रहेका छन् । १० मिलियन जनसंख्या रहेको स्वीडेनको कुल गार्हस्थ्य उत्पादन ५११ विलियन अमेरिकी डलर रहेको छ । पछिल्लो समय यहाँको आर्थिक वृद्धिदर ३.२ प्रतिशत रहेको छ भने बेरोजगारी दर ६.८ प्रतिशत रहेको तथ्यांक छ । स्वीडेनको प्रतिव्यक्ति आय ५१ हजार एक सय ३५ अमेरिकी डलर रहेको छ । यहाँको अर्थतन्त्रको मूख्य आधार व्यापार हो ।

२. डेनमार्क
डेनमार्कमा पनि ७१ प्रतिशत जनता वित्तीय रुपमा साक्षर छन् । सन् १९७३ देखि युरोपेली संघको सदस्य रहेको डेनमार्कको अर्थतन्त्र वैदेशिक व्यापार र निजी कम्पनीहरुमा अडेको छ । ५.६ मिलियन जनसंख्या रहेको डेनमार्कको कुल गार्हस्थ्य उत्पादन २५८.७ विलियन अमेरिकी डलर रहेको छ भने प्रतिव्यक्ति आय ४५ हजार चार सय नौ अमेरिकी डलर रहेको छ । यहाँको पछिल्लो आर्थिक वृद्धिदर १.२ प्रतिशत रहेको छ । यहाँको कुल जनसंख्याको ६.३ प्रतिशत जनसंख्या बेरोजगार रहेको तथ्यांक छ ।

३. नेदरल्यान्ड्स
नेदरल्यान्ड्सका ६५ भन्दा बढी प्रतिशत वित्तीय रुपमा साक्षर रहेको तथ्यांक छ । मूल्यवृद्धिदर र बेरोजगारी जस्ता समस्या एकदमै कम मात्रामा हुने यो देश स्थिर औद्योगिक सम्बन्धका लागि चर्चित छ । कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ३.२ प्रतिशत रहेको यो देशमा बेरोजगारी दर ३.९ प्रतिशत मात्रै छ । संसारका ठूला अर्थतन्त्र भएको देशमध्येको एक नेदरल्यान्ड्समा जनसंख्या १७ मिलियनको हाराहारीमा मात्रै रहेको छ । यहाँको कmु गार्हस्थ्य उत्पादन ८६२.२ विलियन अमेरिकी डलर रहेको छ ।

४. अष्ट्रेलिया
६५ प्रतिशतभन्दा माथि फाइनान्सियल लिटरेसी रेसियो भएको अर्को मुलुक अष्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादन १.३२३ ट्रिलियन अमेरिकी डलर रहेको छ । प्रतियुवा औसत सम्पत्तिलाई हिसाब गर्दा अष्ट्रेलिया स्वीट्जरल्याण्ड पछाडीको दोस्रो धनी राष्ट्रमा पर्दछ । यहाँको जीडीपी वृद्धिदर वार्षिक दुई प्रतिशत रहेको छ । सेवा क्षेत्रको लिडरसिप रहेको यस देशका ७९.२ प्रतिशत रोजगार व्यक्तिहरु सेवा क्षेत्रमा आवद्ध छन् । यहाँको जनसंख्या २६.६ मिलियन रहेको छ ।

५. नर्वे
बैंकिङ प्रविधिमा उत्कृष्ट नर्वेमा पनि ६५ प्रतिशतभन्दा बढी जनता वित्तीय रुपमा साक्षर रहेको तथ्यांक छ । पेट्रोलियम पद्धार्थबाट उठ्ने राजश्व प्रमुख आम्दानीको स्रोत रहेको यस देशको कुल गार्हस्थ्य उत्पादन ३९८.८ विलियन अमेरिकी डलर रहेको छ भने जिडीपी ग्रोथ १.९ प्रतिशत रहेको छ । ५.२५८ मिलियन जनसंख्या रहेको देशमा बेराजगारी दर ४ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]