Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरुको खराब कर्जाः कुनको अवस्था कस्तो ?

२०७६ भाद्र ३ गते

बैंकिङ खबर । गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार सबैभन्दा कम खराब कर्जा सानिमा बैंकको रहेको छ भने सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकमा रहेको छ । सरकारी स्वामित्वका तीन वटै बैंकमा खराब कर्जाको अनुपात बढी रहेको छ ।

दर्जन बढी बैंकको खराब कर्जा एक प्रतिशतभन्दा कम
१३ वटा बैंकको खराब कर्जा एक प्रतिशतभन्दा कम रहेको छ । सानिमा बैंकको खराब कर्जा ०.०८ प्रतिशत मात्रै रहेको छ । त्यस्तै, स्टान्डर्ड चार्टर्ड बैंकको ०.१५ प्रतिशत, एभरेष्ट बैंकको ०.१६ प्रतिशत र नेपाल एसबीआई बैंकको ०.२० प्रतिशत खराब कर्जा रहेको छ । माछापुच्छ्रे बैंकको खराब कर्जा ०.३७ प्रतिशत रहेको छ । एनआईसी एशिया बैंकको खराब कर्जा बढेर ०.४६ प्रतिशत पुगेको छ भने ग्लोबल आईएमई बैंकको ०.५५ प्रतिशत, नविल बैंकको ०.७४ प्रतिशत, सिद्धार्थ बैंकको ०.७५ प्रतिशत, एनएमबि बैंकको ०.८२ प्रतिशत, मेगा बैंकको ०.८६ प्रतिशत, प्राइम बैंकको ०.९२ प्रतिशत र कुमारी बैंकको ०.९७ प्रतिशत खराब कर्जा रहेको छ ।

सनराइज बैंकको खराब कर्जा १.०३ प्रतिशत रहेको छ । यसबाहेक, लक्ष्मी बैंक र जनता बैंकको खराब कर्जा १.११ प्रतिशत रहेको छ भने हिमालयन बैंकको खराब कर्जा १.१२ प्रतिशत रहेको छ । सिटिजन्स बैंकको १.१९ प्रतिशत, बैंक अफ काठमाण्डूको १.५० प्रतिशत, नेपाल बंगलादेश बैंकको १.५६ प्रतिशत खराब कर्जा रहेको छ । सेञ्चुरी कमर्सियल बैंकको खराब कर्जा ०.५० प्रतिशतबाट बढेर १.७२ प्रतिशत पुगेको छ ।

सरकारी बैंककै खराब कर्जा बढी
राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा सबैभन्दा धेरै ३.९० प्रतिशत रहेको छ । सिभिल बैंकले खराब कर्जा २.६५ प्रतिशतले घटाएर २.३७ प्रतिशतमा झारेको छ । प्रभु बैंकको खराब कर्जा २.३१ प्रतिशत रहेको छ भने नेपाल बैंकको खराब कर्जा २.५८ प्रतिशत रहेको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक र एनसीसी बैंकको खराब कर्जा २.७८ प्रतिशत रहेको छ भने कृषि विकास बैंकको खराब कर्जा ३.५० प्रतिशतबाट २.९० प्रतिशतमा झरेको छ ।