August 13th, 2019

महोत्तरीको सरपल्लोमा मिथिला लघुवित्तको नयाँ शाखा विस्तार

बैंकिङ खबर । धनुषाको ढल्केवर केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्था लि. ले महोत्तरीको मनरा सिस्वा न.पा. –७, सरपल्लोमा नयाँ शाखा संचालनमा ल्याएको छ । मनरा सिस्वा नगरपालिकाकी उप प्रमुख रमिता प्रधान र वित्तीय संस्थाका अध्यक्ष शिव प्रसाद साहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । यससँगै मिथिलाको शाखा संख्या ३१ पुगेको छ ।

मनरा सिस्वा नगरपालिकाकी उप प्रमुख प्रधानले ग्रामिण क्षेत्रका बासिन्दाहरुले ठुला बैंकबाट वित्तिय सेवा लिन धेरै झन्झटीलो र समय खर्चनु परिरेहेको अवस्थामा मिथिला लघुवित्तले गाउँमै शाखा खोली वित्तीय कारोबार गर्नु सराहनीय कार्य रहेको उल्लेख गरिन् । उनले नगरपालिका र लघुवित्तले हातेमालो गरि विपन्न वर्गलाई सेवा पुर्याउनु पर्ने धारणा राखिन् ।

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले वित्तीय संस्थाले प्रवाह गर्ने सेवा सुविधाहरुको जानकारी दिँदै वित्तीय संस्थाले ग्रामिण क्षेत्रका गरिव जनतालाई उनिहरुको घरदैलोमा गई सेवा सुविधा प्रदान गर्ने उद्देश्यले गाउँमा शाखा खोलिएको बताए । यो क्रमलाई विस्तार गरि अझ दुर्गम र ग्रामिण क्षेत्रमा रहेको समेत उनले बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]