August 12th, 2019

बैंकरको सम्पत्ति छानबीनको दायरामा

बैंकिङ खबर । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओहरु)को सम्पत्ति छानबिन गर्न थालेको छ । विभागले केही वाणिज्य तथा विकास बैंकका सीइओ र कर्जा शाखामा उच्च कर्मचारीको छानबिन प्रक्रिया अगाडि बढाएको छ ।

कर्जा प्रवाहमा अनियमिता गरेको तथा सम्पत्ति शुद्धिकरण निवारणमा बैंकका उच्च कर्मचारीको संलग्नता भेटिएपछि विभागले अनुसन्धान थालेको हो । ललिता निवासको सरकारी जग्गा धितो राखेर बैंकहरुले कर्जा दिएको पाएपछि विभागले सीइओको छानबिन गर्न थालेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]