साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा १ अर्ब ६५ करोडमाथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३७ वटा कम्पनिको १९ लाख ३१ हजार ९ सय ८० कित्ता शेयर ६ हजार ४ सय ६० पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ६५ करोड ६५ लाख ६२ हजार ८ सय ३८ रुपैँयाको कारोबार भएको हो । केही दिनदेखि लगानतार २ अर्बको कारोबार भइरहेको बजारमा आइतबार कारोबार घटेको हो ।
आइतबार सबैभन्दा धेरै आकर्षण शिखर इन्स्योरेन्सको शेयरका देखिएको हो । कम्पनिको १० करोड ८० लाख ९५ हजार ७ सय २५ रुपैँयाको संस्थापक शेयर र ६ करोड ६७ लाख ७३ हजार ७ सय ९ रुपैँयाको साधारण शेयरको कारोबार भएको छ । त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्सको साढे ७ करोडको शेयर कारोबार भएको छ । राष्ट्रिय बिमा कम्पनिको साढे ५ करोडको कारोबार भएको छ । प्रभु इन्स्योरेन्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको ५ करोडमाथिको शेयर कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको ४ करोड ९२ लाखको कारोबार भएको छ ।
कञ्चन डेभलपमेन्ट बैंक, नेको इन्स्योरेन्स, तारागाउँ रिजेन्सी र एनआईडीसी क्यापिटm मार्केट्सका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । राप्तीभेरी विकास बैँक, जेविल्स फाइनान्स, यति डेभलपमेन्ट बैंक, युनियन फाइनान्स,एनएमबी माइक्रोफाइनान्स, गुह्येश्वरी मर्चेन्ट लगायतका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीका दरले सम्पत्ति बढाएका छन् । गुमाउनेमा प्रुडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जेनेरल इनस्योरेन्स, अल्पाइन डेभलपमेन्ट बैंक, आइैसीएफसी फाइनान्स लगायत छन् ।
कारोबार रकमसँगै नेप्से परिसूचक पनि १०.६७ अंकले घटेको छ । आइतबार नेप्से १६२२.२७ अंकमा छ । विमा, जलविद्युत् र वाणिज्य बैंक आइतबारको बजार ओरालेका छन् । बिमाको १५५.०२ अंकले घटेको छ भने जलसविद्युत् र वाणिज्य बैंक क्रमशः १९.८८ र १०.६६ अंकले घटेका छन् । विकास बैंकको शेयर पनि ४.९३ अंकले घटेको छ । सबैभन्दा धेर्रै अन्य समूह ९.३९ अंकले बढेको छ । त्यस्तै, होटल, उत्पादनमूलक र फाइनान्स क्रमशः ५, ४.०९ र २.८५ अंकले घटेका छन् ।


