बैंकिङ खबर । बर्दिया जिल्लाको गुलरीया नगरपालिका १, मिलनचोक गाँउकी ३५ बर्षिय हरिकला बस्नेत अहिले व्यवसायिक कृषिमा व्यस्त छिन । हिरे बस्नेत र लाली बस्नेतको माईला छोरा रतन बहादुर बस्नेतसंग २०५७ सालमा विवाह बन्धनमा बाधिएकी थिईन । उनको पनि एउटा सपना थियो , श्रीमानलाई विदेश पठाउछु र धरै पैसा कमाएर ल्याएपछि राम्रो लगाउने र मिठो खाने, अनि बालबच्चाहलाई राम्रो शिक्षा दिक्षा दिने ।
यहि सपना साकार पार्न श्रीमानलाई विदेश पठाउने प्रयास गरिन । धरै पटकको प्रयास असफल भयो । कहिले मेडिकल फेल, त कहिले दलालले पैसा खाईदिने । यो सबै हुदा हरिकला बस्नेत हैरान भईन र केहि सिप नलागेपछि श्रीमानलाई रोजगारीको लागि भारत पठाईन । भारतवाट ज्याला मजदुरी गरेर पठाएको पैसाले उनीहरुको घर व्यवहार चल्न थाल्योे ।
श्रीमानले कमाएको पैसा र आफुले परम्परागत रुपमा गरिने कृषिबाट उनको दैनिक गुजरा चल्न समेत धौ–धौ भयो । उनले यसरी आफ्नो परिवारको आर्थिक समृद्धि असम्भव देखेकी उनले विदेशीएको श्रीमान्लाई घर फर्काएर व्यवसायिक कुखुरा पालन तथा बंगुरपालन व्यवसायबाट मनग्य आम्दामी गरिरहेको बताउछिन । करिव ५ बर्ष देखि व्यवसायिक कुखुरा पालन गरेकि उनले हाल करीव २५०० बोईलर कुखुरा २० बटा बंगुर, २५ बटा बाख्रा तथा केहि लोकल कुखुरा समेत पालिरहेकी छिन् ।
व्यवसायिक संघर्ष
२०६९ सालमा निर्धन उत्थान बैंक लिमिटेड शाखा कार्यलय गुलरीयाले गरिव तथा विपन्न बर्गका महिलाहरुलाई समुहमा आवद्ध गरी विना धितो कर्जा प्रवाह गर्ने बचत संकलन गर्ने गरी गुलरीया नगरपालिका बडा नं. १, मिलनचोकमा, मिलनचोक महिला स्वावलम्वी समुह गठन गरी उनीलाई पनि समुहमा आवद्ध गर्यो ।
निर्धनले समुहमा आवद्ध रहेका महिलाहरुलाई बिना धितो कर्जा प्रवाह हुने तथा विभिन्न आयआर्जनका क्षेत्रमा लगानी गर्ने जानकारी पाईसकेपहि हरिकलाले भारतमा मजदुरी गर्न गएका श्रीमानलाई घरमै फिर्ता बोलाईन र नेपालमा नै केही उद्यम गर्ने विचार गरिन । श्रीमान घरमा आईसके पछि घर सल्लाह गरी व्यवसायिक कुखुरापालन गर्ने निर्णय गरी २०७० सालमा पहिलो पटक कुखुरा पालन गर्नको लागि निर्धन बाट ३० हजार रुपैयाँ कर्जा लिएकी थिइन् ।
कुखुरा पालनबाट राम्रो आम्दामी हुन थाल्यो । सो सम्वन्धमा विभिन्न किसिमका सिप पनि सिक्न थालेपछि पुनः उनले २०७१ सालमा ४० हजार रुपैयाँ कर्जा लिईन र सो रकमवाट कुखुराको अलावा बंगुरपालन पनि थालिन ।
व्यवसायिक सफलता
उनले ५ बर्षको दौरानमा उनीहरुले ३ बटा व्यवस्थित कुखुराको खोर, २ बटा बंगुरको खोर निर्माण गरी कुखुरा तथा बंगुर पालन गरीरहेका छन् । हाल निर्धनबाट र २ लाख ४० हजार कर्जा प्रयोग गरिरहेकी छिन् । काममा निकै मेहिनत गर्ने बस्नेन परिवारसंग हाल २५०० बोईलर कुखुरा, २० बटा बंगुर २५ बटा बाख्रा तथा लोकल कुखुरा समेत छन् । जसबाट उहाँले मासिक ५० हजार आम्दामी गर्न सफल भएका छन ।
परिवर्तित बस्नेत परिवारको जिवनस्तर
पहिले जमिन नरहेकी हरिकला बस्नेतले सोही व्यवसायबाट गुलरीया नगरपालिका १, मा ५ कट्ठा जमिन खरिद गरि घर बनाएकी छिन्् । साथै, आफ्ना बालबालिकाहरुलाई राम्रो स्कुलमा पढाएकी छन् । एक छोरा एक छोरीका साथ चार जनाको परिवार हाल सुखी र खुसी छ ।
यो सफलतामा हरेक पाईलामा श्रीमान्ले साथ दिएका छन् । विदेश जाने युवाहरुलाई पाठ सिकाउनेगरी गतिलो उदाहरण बस्नेत दम्पती बनेका छन् । मेहनेत र लगनले काम गरे आफ्नै देशमा विदेशको कमाईभन्दा बढी आम्दामी गर्न सकिन्छ भनने कुरा प्रमाणित उनीहरुले गरेका छन् । उनीहरु अझैपनि आफुजस्तै केहि पेशा व्यवसाय गर्न चाहने तर स्रोत साधन नभएकाहरुलाई हिम्मत दिएर संस्थाको सदस्य बन्न, कर्जा करोवार गरी कर्जाको सदूपयोग गर्नको लागि सबैलाई प्रेरणा दिनेगर्दछन् ।
समाजमा आर्थिक अभावबाट पिल्सीएका, नया जीवनको खोजि गर्नेहरुको लागि सहि मार्गदर्शकको रुपमा निर्धन उत्थान लघुवित्त वित्तिय संस्था रहेको र रहिरहनको लागि सुझाव बस्नेत दम्वतीको छ । प्रस्तुती : सूर्य भारती, शाखा व्यवस्थापक, शाखा कार्यालय गूलरीया बर्दिया