बैंकिङ खबर । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले दाङ, सल्यान र पूर्वी रुकुम जिल्लामा रहेका ११ वटा शाखा कार्यालयमा कार्यरत फिल्ड कर्मचारीहरुलाई फिल्ड सहायक स्तरीय फिल्ड व्यवस्थापन तालिम सम्पन गरेको छ ।
संस्थाका तालिम कोर्डिनेटर तथा आन्तरिक लेखा परिक्षण विभागका बिभागिय प्रमुख बिमल खनालको अध्यक्षतामा संचालन भएको तालिममा दसंस्थाका नायब कार्यकारी अधिकृत हरिकृष्ण जोशीले दक्ष कर्मचारीहरुले मात्र ग्राहक सदस्यहरुलाई प्रभावकारी रुपले सेवा प्रदान गर्न सक्ने भएकाले संस्थाले हरेक तहका कर्मचारीहरुलाई आगामी दिनमा योजनाबद्ध रुपले तालिम प्रदान गर्ने जानकारी दिए ।
तालिम कार्यक्रममा ग्राहक संरक्षण सम्बन्धमा नायब कार्यकारी अधिकृत हरिकृष्ण जोशी, केन्द्र ब्यवस्थापन सम्बन्धमा तालिम कोर्डिनेटर तथा आन्तरिक लेखा परिक्षण बिभाग प्रमुख बिमल खनाल, समूह निर्माण पद्धती बारेमा अनुगमन अधिकृत कौशल खड्का, सूचना प्रबिधि सम्बन्धमा वित्त तथा सुचना प्रबिधि बिभागका सहायक अधिकृत ई.सुबास गुप्ता, सामाजिक उतरदायित्व बिषयमा आन्तरिक लेखा परिक्षण विभागमा कार्यरत सहायक अधिकृत प्रमिश लोहनी, उत्प्रेरणा शिक्षा सम्बन्धमा अनुगमन अधिकृत राजेश के.सि र कर्जा बिश्लेषण सम्बन्धमा गोग्ली शाखा कार्यालयका शाखा प्रमुख केशब राज गिरीले तालिम दिएका थिए ।
संस्थाले तालिम मार्फत कर्मचारीहरुको दक्षतामा बृद्धि भई ग्राहक सदस्यहरुलाई प्रदान गरिने सेवा सुविधा थप प्रभावकारी हने विश्वास लिएको छ ।
संस्थाको हाल ४२,००० सदस्य सख्या, रु १ अर्ब ५८ करोड लगानीमा रहेको कर्जा तथा रु ४८ करोड ५० लाख निक्षेप रहेको छ ।