Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

छिमेक लघुवित्तको व्यवसायिक कुखुरापालन तालिम सम्पन्न

२०७६ श्रावण १२ गते

बैंकिङ खबर । छिमेक लघुवित्त वित्तीय संस्थाले सदस्यको दिर्घकालिन आय आर्जनमा सहयोग गर्ने उद्देश्यका साथ भरतपुरमा पाँच दिने व्यवासायिक कुखुरापालन सम्बन्धि तालिम सम्पन्न गरेको छ ।

तालिममा गोरखा, तनहुँ, नवलपरासी,चितवन जिल्लाका ९ वटा शाखाका २२ जना सदस्य तथा ११ जना सदस्यका अभिभावक गरि कुल ३३ जनाको सहभागिता रहेको थियो ।

साउन ६ देखि १० गतेसम्म संचालन भएको तालिममा भेटेनरी क्षेत्रका ४ जना विज्ञ प्रशिक्षकले सहजीकरण गरेका थिए ।

तालिम पश्चात सहभागीहरुले कुखुरापालनलाई नै मुख्य व्यवसायको रुपमा अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Ad