Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नयाँ नेपाल लघुवित्तले ६५ जना कर्मचारी माग्यो

२०७६ श्रावण १० गते

बैंकिङ खबर । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले ६५ जना कर्मचारी मागेको छ । संस्थाले तीन जना सहायक प्रबन्धक, २२ जना वरिष्ठ सहायक तथा सुपरीवेक्षक र ४० जना सहायक तथा फिल्ड सहायक मागेको हो ।

सहायक प्रबन्धकका लागि स्नातक उतीर्ण गरी ग्रामीण विकाससम्बन्धी एक वर्ष काम गरेको र क्म्प्युटर सम्बन्धी ज्ञान भएको २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको कर्मचारी मागिएको छ भने वरिष्ठ सहायक तथा सुपरीवेक्षकका लागि प्लस टु वा सोसरह उतीर्ण भई विकाससम्बन्धी एक वर्ष काम गरेको वा एसएलसी उतीर्ण भई तीन वर्ष काम गरेको हुनुपर्नेछ । उमेर हद १८ देखि ४० वर्ष तोकिएको छ । ग्रामीण सहायक वा फिल्ड सहायकका लागि अनुभव मागिएको छैन । एसएलसी वा सोसरह उतीर्ण भएका, ग्रामीण क्षेत्रमा काम गर्न इच्छुक, क्म्प्युटर र मोटरसाइकल चलाउन जान्ने १८देखि ४० वर्ष उमेर समूहका नेपाली नागरिकले यो पदमा एप्लाई गर्न सक्नेछन् ।

आवेदन दिने म्याद साउन २४ गतेसम्म रहेको छ ।

Ad