Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मृतक सदस्यका परिवारलाई विजय लघुवित्तले दियो बीमा रकम

२०७६ श्रावण ९ गते

बैंकिङ खबर । विजय लघुवित्तको थारमारे शाखाले मृतक सदस्यका परिवारलाई बीमा रकम प्रदान गरेको छ । दार्मा ३ फारुलामा गठन भएको गाढ़छाला विजय समूहको सदस्य प्रेम दाहालको निधन भयपछी निज सदस्यले पाउने बीमा रकम मृतककि श्रीमती गीता दाहाललाई हस्तान्तरण गरिएको हो ।

दार्मा गाउँपालिका ३ स्थित सामुदायिक स्वास्थ्य इकाईका इन्चार्ज यज्ञ बुढाथोकीको आतिथ्यता एवम् शाखा प्रमुख किरण घिमिरेको उपस्थितिमा बीमावापतको एक लाख ५९ हजार रुपैयाँ हस्तान्तण गरिएको हो ।

शाखा प्रमुख घिमिरे का अनुसार समुहका सदस्यले कर्जा लिए बापत बैंकले रिलायबल लाईफसँग कर्जाको म्यादी जीवन बीमा गर्दिने गर्दछ । ऋणीको दुर्घटनाबाट मृत्यु प्रमाणित भएमा ऋणीले भुक्तानी गरेको रकमको २०० प्रतिशत क्षतिपूर्ति रकम दिने व्यवस्था छ । अन्य कारणले मृत्यु भएमा ऋण मिनाहा र मृतकको परिवारलार्इ ३० प्रतिशत कृया खर्च रकम दिने व्यवस्था रहेको छ ।

Ad