बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको मैनापोखर शाखाले मृतक सदस्यको परिवारलाई बीमा रकम उपलब्ध गराएको छ । बढैयाताल गाउपालिका वडा नं. २ सितापुर स्थित मेरो सितापुर महिला केन्द्र, केन्द्र नं. ९ की सदस्य छवी कुमारी पौडेलको मृत्यु बापतको रकम निजको श्रीमान छवी पौडेललाई हस्तान्तरण गरिएको हो । सोही केन्द्रकी केन्द्र प्रमुख खगीसरा रानाले उक्त रकम बराबरको चेक हस्तान्तरण गरिन् ।
मेरो माइक्रोफाइनान्सले स्थानीय महिलाहरुको समुह बनाइ उक्त समुह मार्फत विना धितो कर्जा प्रवाह गर्दै आइरहेको छ । शाखाले मृतक छवी कुमारी पौडेलले १५ हजार रुपैयाँ कर्जा लिएकी थिइन् । सोही रकमबाट संस्थाले छ महिनाअघि निजको दुई लाख रुपैयाँको बीमा गरिदिएको थियो । कर्जा रकम मिनाहा गर्दै संस्थाको सदस्य कल्याणकारी कोष मार्फत काजकिरिया खर्च बापत १५ हजार रुपैयाँ यसअघि नै प्रदान गरिएको संस्थाले जनाएको छ ।
हाल यस शाखा कार्यालयले ११०० सदस्यलाई आयआर्जन तथा लघुउद्यम शिर्षकमा रु ६ करोड बढी लगानीमा रहेको छ ।