July 22nd, 2019

सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीले ११ प्रतिशत प्रतिफल पाउने

बैंकिङ खबर । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही संचालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्डको आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण कार्य सम्पन्न भएको छ । योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ११ प्रतिशत (कर सहित)का दरले हुन आउने रकम १६ करोड ५० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।