July 21st, 2019

इटहरीमा एनएमबी लघुवित्तद्धारा अभिमुखीकरण तालिम सम्पन्न

बैंकिङ खबर । एनएमबी लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. १ को इटहरीमा मा २ दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । प्रदेश नं. १, २ र ३ अन्तर्गतका २५ वटा शाखाका ३२ जना कर्मचारीको सहभागीतामा सम्पन्न तालिममा केन्द्रीय कार्यालयका सहायक महाप्रबन्धक रामप्रसाद मिश्र र अपरेसन विभाग प्रमुक प्रेम प्रसाद सुबेदीको उपस्थिति रहेको थियो ।

संस्थाका सहायक महाप्रबन्धक मिश्रले लघुवित्तले ग्रामिण क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउन विशेष भुमिका खेलेको बताए । संस्थाका अपरेशन विभाग प्रमुख सुबेदीले वित्तीय रुपमा समुदायलाई साक्षर बनाउन सकियो भने आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राखे ।

राष्ट्रिय स्तरको एनएमबीका १०० वटा शाखा संचालनमा छन् भने केन्द्रीय कार्यालय पोखरामा रहेको छ ।