Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ८ औँ साधारण सभा सम्पन्न

२०७६ असार ३१ गते

बैंकिङ खबर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ८ औँ साधारण सभा सम्पन्न भएको छ । मर्जर तथा प्राप्तीको तयारी तथा अध्ययन गर्ने निर्णय गर्दै संस्थाले आफ्नो ८ औँ साधारणसभा सम्पन्न गरेको हो ।

साधारण सभाले मर्जर तथा प्राप्तीका लागि संचालक समितिलाई अख्तियारी दिने निर्णयका साथै संस्थाको अधिकृत पुँजी ५० करोड कायम गर्ने र १ः२ को अनुपातमा हकप्रद शेयर जारी गर्ने लगायतका निर्णयहरु गरेको छ । संचालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माले संस्थाको आर्थिक बर्ष २०७४/७५ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन कार्यकारी प्रमुख श्रीराम पोख्रेलले गरेका हुन् ।

सोहि कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा नेपाल सरकारका सह–सचिव डा. मान बहादुर विश्वकर्माले संस्था स्थापनाकालमा विविध समस्या र कठिनाईसंग जुद्धै स्थापनाकाल देखि आजको दिनमा संस्थाले गरेको प्रगति हेर्दा गर्व लागेको बताए ।

पर्सा देखी कञ्चनपुरसम्म कार्यक्षेत्र रहेको संस्थाले हाल सम्म १९ वटा जिल्लामा ३९ वटा शाखामा ३६ हजार ५सय जना सदस्यलाई समुहमा आवद्ध गराई ३९ करोड बचत संकलन गरी २० हजार ५ सय जानलाई १ अर्व ४२ करोड लगानी गरेको छ ।

Ad