साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा २ अर्बमाथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ४० वटा कम्पनिको ५६ लाख ८४ हजार ५ सय ५८ कित्ता शेयर ७ हजार ४ सय ५७ पटक खरिदविक्रि हुँदा २ अर्ब ५ करोड ९४ लाख १४ हजार ५ सय ७ रुपैँयाको कारोबार भएको हो । कारोबार रकम बुधबारको तुलनामा उल्लेख्य रुपमा बढेको हो । बुधबार १ अर्ब ३९ करोडको शेयर कारोबार भएको थियो ।
युनाइटेड इन्स्योरेन्सको सबैभन्दा धेरै १६ करोड १९ लाख ९० हजार १ सय ३६ रुपैँयाको शेयर कारोबार भएको छ भने एनएलजी इन्स्योरेन्सको १० करोड ४४ लाख ६६ हजार ७ सय २७ रुपैँयाको कारोबार भएको छ । लुम्बिनी जेनेरल इन्स्योरेन्सको झन्डै ९ करोडको कारोबार हुँदा नेशनल लाइफ इन्स्योरेन्सको ८ करोड ६३ लाख रुपैँयाको कारोबार भएको छ भने एसियन लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको ७ करोडमाथिको कारोबार भएको छ । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको ६ करोडमाथिको कारोबार भएको छ भने बुटवल पावर कम्पनिको पौने ६ करोडको कारोबार भएको छ ।
गुराँस लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, टुरिजम डेभलपमेन्ट बैंक, काष्टमण्डप डेभलपमेन्ट बैंक, रुरल डेभलपमेन्ट बैंक र सुर्या लाइफ इन्स्योरेन्स कम्पनिका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन्. । भार्गभ विकास बैंक, सेती फाइनान्स, बरुण हाइड्रो र ओम डेभलपमेन्ट बैंकका लगानीकर्ताले क्रमशः ९.८८, ९.८५, ९.८५ र ९.८१ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । गुमाउनेमा देवः विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, लक्ष्मी भ्यालु फण्ड १, हामा मर्चेन्ट लगायत छन् ।
विहिबार नेप्से परिसूचक १२.४७ अंकले बढेर १६३२.९४ अंकमा पुगेको छ । बिमा समूह ३३०.५३ अंकले बढेको छ । विकास बैंक, उत्पादनमूलक, जलविद्युत् र फाइनान्स क्रमशः २९.१६, १८.३६, ९.२८ र २.३६ अंकले बढेका छन् । होटल र वाणिज्य बैंक क्रमशः २३.३६ र २.७३ अंकले बढ्दा अन्य समूह स्थिर रहेको छ ।