July 8th, 2019

एकैदिन स्वदेशी लघुवित्तका चार शाखा विस्तार

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैदिन चार वटा शाखा विस्तार गरेको छ । संस्थाले धनुषाको देउरीपवाह, रामगोपालपुर र पिप्राहका साथै महोत्तरीको गौशलामा नयाँ शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालयहरुको उद्घाटन संस्थाका प्रतिनिधि तथा जनप्रतिनिधिहरुद्धारा गरिएको थियो । चार शाखाहरुसँगै स्वदेशी लघुवित्तको देशभर शाखा संख्या ८४ पुगेको छ ।

स्वदेशी लघुवित्त नेपाल राष्ट्र बैंक बाट मिति २०७१/०९/१६ मा ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । हालसम्म यस वित्तीय संस्थाले ७६,६६२ जना सदस्यलाई सेवा पुर्याउँदै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]