July 5th, 2019

घोडीघोडा लघुवित्तको आईपिओ खुल्यो, बढीमा एक हजार कित्ताका लागि आवेदन दिन पाइने

बैंकिङ खबर । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि एक लाख २४ हजार कित्ता प्राथमिक शेयर निष्काशन सुरु गरेको छ । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ। सेयर निष्काशन छिटोमा असार २५ र ढिलोमा साउन १९ गते बन्द हुनेछ ।

नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाका लागि अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ। साथै मेरो शेयर मार्फत अनलाइन आवदेन दिन सकिनेछ।

संस्थाले सर्वसाधारण समूह तर्फको एक लाख ३२ हजार कित्ता मध्ये एक हजार ३८० कित्ता कर्मचारीहरुको लागि, ६ हजार ६३० कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।

सर्वसाधारणका लागि शेयर निष्काशन गरेपछि संस्थाको चुक्ता पूँजी दुई करोड ७६ लाख रुपैयाँ पुग्नेछ। प्राथमिक शेयर निष्काशन पछि संस्थापक शेयर पूँजी ५२ प्रतिशत र सर्वसाधारण शेयर पूँजी ४८ प्रतिशत कायम हुनेछ।