Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वदेशी लघुवित्तद्धारा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०७६ असार १९ गते

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाका कर्सिया शाखाले ट्राफिक प्रहरी कर्सिया र धनपाल गाउँपलिकासँगको समन्वयनमा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । शारदा माध्यामिक विद्यालयमा अध्ययनरत ९ कक्षाका १०० जना विद्यार्थीहरु, अटो रिक्सा चालक १००, स्थानीय बासिन्दा ५० जना गरेर जम्मा २५० जनाको सहभागितामा गरिएको कार्यक्रम कर्सिया बजारमा प्रभातफेरी कार्यक्रम गरेर सुरु भएको थियो ।

स्कुलको हलमा आयोजना गरिएको कार्यक्रममा जिल्ला प्रहरी कार्यलय मोरङ्गका प्रमुख शिव कु. पोखरेलले ट्राफिकनियम, यसको आवश्यकता, पालना गर्ने तरिका, ट्राफिक नियम उल्लंघन गर्दा हुने कानुनी कारवाही आदिको बारेमा भिडियो समेत देखाएर प्रकाश पारेका थिए ।

कार्यक्रमले सहभागीहरुलाई ट्राफिक नियमको बारे ज्ञान पाउनुका साथै आफ्नो समुदायमा के कस्तो भुमिका निर्वाह गर्ने एवम् सम्भावित दुर्घटनाबाट कसरी बच्ने र बचाउने भन्ने विषयमा ज्ञान प्राप्त गरेको बताए ।

Ad