Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वदेशी लघुवित्तको बर्दिबास शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०७६ असार १७ गते

बैंकिङ खबर । स्वदेशी लघुवित्तको महोत्तरी स्थित बर्दिवासशाखाले वित्तीय साक्षरतासम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । श्री देउराली मावि तथा गुरुकुल स्कुलका कक्षा ९ र १०मा अध्ययनरत १ सय ५० जना विद्यार्थीहरुको सहभागितामा सम्पन्न कार्यक्रममा लघुवित्त संस्थाले प्रदान गर्ने सेवा सुविधाको साथै वित्तीय साक्षरताको अर्थ, आवश्यकता र महत्व, नोटको जतन , पैसालाई कसरी सदुपयोग गर्ने, आम्दानी, खर्च, बचत, कर्जा, बैंकको प्रकार, बीमा, विप्रेषण सेवा, बजेट, वित्तीय अनुशासन आदिको बारेमा छलफल र भिडियो प्रर्दशनीमार्फत जानकारी गराईएको संस्थाले जनाएको छ ।

कार्यक्रममा बर्दिबास शाखाका शाखा प्रबन्धक बाबुराम कोइराला, कार्यालयका कर्मचारीहरु शिव कुमार महत्व, ओम प्रकाश निरौला साथै केन्द्रीय कार्यालयबाट सामाजिक परिचालक संगीता पाठकको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै दुवै स्कुलका प्रधानाध्यापकले यस्ता कार्यक्रमहरुले विद्यार्थीलाई सचेत गराई महत्वपुर्ण ज्ञान प्रदान गर्न मद्दत पुर्याएको भन्दै यस्ता कार्यक्रम आगामि दिनमा निरन्तर गर्न आवश्यक रहेको बताए ।

Ad