June 25th, 2019

देविघाटका महिलालाई आशा लघुवित्तले दियो कृषिसम्बन्धी परामर्श तालिम

बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले नुवाकोटस्थित देविघाटका शाखामा आवद्ध ३० जना महिला सदस्यलाई कृषि सम्बन्धी परामर्श तालिमका साथै उन्नत जातको बिउबिजन समेत प्रदान गरेको छ । बागवानी बिकास केन्द्र नुवाकोटको सहयोग तथा समन्वयमा लघुवित्तले बाली नालीमा लाग्ने रोग तथा सामधानको बिषयमा परामर्श दिएको हो ।

तालिममा सहभागी महिलाहरुले धान, मकै, आलु सिमि, लिचि, आँपमा लाग्ने बिभिन्न रोग हरुको बिषयमा छलफल गरि रोग लाग्न नदिने अर्गानिक तरिकाहरुका विषयमा जानकारी हासिल गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]