बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको क्षेत्रीय कार्यालय बनेपाले ४५ जना शाखा प्रबन्धक तथा फिल्ड कर्मचारीहरुलाई क्षमता अभिबृद्धि सम्बन्धी १ दिने तालिम प्रदान गरेको छ । व्यवसाय प्रवद्र्धन, कर्जा सदुपयोगिता, संचारको प्रभाव, शाखामा देखिएका कैफियत सुधार साथै बढ्दो अस्वस्थ्य प्रतिष्पर्धामा कसरी काम गर्ने भन्ने विषयमा तालिम प्रदान गरिएको हो । तालिममा कर्मचारीहरुलाई लघुवित्त कार्यक्रम कसरी अगाडि बढाउने भन्ने विषयमा पनि प्रशिक्षण दिइएको थियो ।
तालिम समापनका क्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष टेक बाहादुर बोहोराले शाखा प्रबन्धक तथा फिल्ड कर्मचारीहरु संस्थाको मेरुदण्ड रहेको बताउँदै कर्मचारीहरुलाई सकारात्मक सोच सहित सजकता अपनाएर काम गर्न निर्देशन दिए । समुदायमा कर्मचारीहरुले गर्ने व्यवहाको अधारमा संस्थाको नाम र काम चिनिने उल्लेख गर्दै उनले पेशाप्रति इमान्दारी, असल आचरण, अनुसाशित, ब्यवहारीक रहि नतिजामुखी कार्य गर्नु पर्ने कुरामा जोड दिए ।
तालिममा सहजकर्ताको रुपमा बनेपा क्षेत्रीय प्रबन्धक बेद प्रसाद आर्चाय, बनेपा क्षेत्रका अनुगमन अधिकृत रमेश घिमिरे साथै केन्द्रीय कार्यलयका प्रतिनिधि बिकल काफ्लेको सहभागीता रहेको थियो ।