June 24th, 2019

ऋणपत्र जारी गर्न माछापूच्छ्रे बैंकलाई स्वीकृति, पाँच बैंक पाइपलाइनमा

बैंकिङ खबर । माछापूच्छ्रे बैंकले ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । बैंकले तीन अर्ब रुपैयाँ बराबरको १०.२५% माछापूच्छ्रे बैंक डिबेन्चर २०८३ विक्री गर्ने अनुमति पाएको हो । निष्काशन गर्न लागिएको ३० लाख कित्ता ऋणपत्रमध्ये, सर्वसाधारणका लागि १२ लाख कित्ता छुट्याइएको छ । ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकको जिम्मा एनएमबि क्यापिटलले पाएको छ ।

पाइपलाईनमा ५ बैंक
पाँच वटा बैंक ऋणपत्र निष्काशनका लागि बोर्डको अनुमतिको पर्खाईमा छन् । एनआईसी एशिया बैंकले चार अर्ब ४० करोड रुपैयाँ बराबरको १०.२५% एनआईसी एशिया डिवेन्चर २०८३।८४ निष्काशनका लागि अनुमति मागेको छ । प्रभु बैंकले एक अर्बको १०% प्रभु बैंक डिवेन्चर २०८६ निष्काशन गर्ने अनुमति मागेको छ । त्यस्तै, सिद्धार्थ बैंकले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको १०.२५% एसबिएल डिवेन्चर २०८३ निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ भने लक्ष्मी बैंकले दुई अर्ब रुपैयाँ बराबरको १०% लक्ष्मी बैंक डिवेन्चर २०८६ निष्काशन गर्न आवेदन दिएको छ । हिमालयन बैंकले पनि तीन अर्ब रुपैयाँ बराबरको १०% हिमालयन बैंक लिमिटेड डिवेन्चर २०८३ निष्काशन गर्न अनुमति मागेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]