June 22nd, 2019

मेरो माइक्रोफाइनान्सका नवनियुक्त कर्मचारीले पाए ब्यवस्थापन तालिम

बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २७ जना नव नियुक्त कर्मचारीहरुलाई लघुवित्त सम्बन्धी २ दिने आधारभूत तथा ब्यवस्थापन तालिम प्रदान गरेको छ ।

कर्मचारीहरुलाई कार्यगत तथा जिम्मेवारी दिई कार्यक्षेत्रमा पठाउनु अघि सहजीकरण गराउने तथा नीति नियमका साथै कार्यप्रकृयाका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको तालिममा कर्जा लगानी, कार्यक्षेत्रमा प्रवेश गर्नुपूर्व गर्नुपर्ने कार्यहरुको बारेमा जानकारी दिइएको संस्थाले जनाएको छ ।

तालिम समापनका क्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालल संस्थामा संलग्न भइसकेपछि कर्मचारीहरुले आफ्नो पेशाप्रति इमान्दारी, असल आचरण, अनुसाशित, ब्यवहारीक रहि नतिजामुखी कार्य गर्दै कार्यक्षेत्रमा जानुपर्ने बताए । आफ्नो कार्यक्षेत्रको अध्ययन गरी कार्य गर्नुपर्नेमा समेत उनले सचेत गराए । उनले देशका दुर्गम तथा बिपन्न वर्गहरुमा वित्तीय पहुँचको बृद्धि र बिस्तारका लागि संस्थाले ब्यवसायिक टेवा पुर्याएको उल्लेख गरे ।

समापन कार्यक्रममा बित्त विभाग प्रमुख राजु प्रसाद पुडासैनी, कर्जा बिभाग प्रमुख सेर बहादुर गुरुङ, योजना तथा कार्यक्रम बिभाग प्रमुख उमेश मान डंगोल, रबि आचार्य, मानव संसाधन बिभागका रामकुमार सुबेदी लगायत कर्पोरेट कार्यालयका कर्मचारीहरको सहभागीता रहेको थियो ।

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय स्थापना गरी संस्थाले ५२ जिल्लामा ९६ शाखा कार्यालय मार्फत ९५ हजार विपन्न घर परिवारहरुलाई लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।