Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्डद्धारा सम्पती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७६ जारी : निर्देशिकाको पुर्ण पाठ यस्तो

२०७६ असार ६ गते

बैकिङ खबर । धितोपत्र बोर्डले साउन १ गते देखी लागु हुने गरि सम्पती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७६ जारी गरेको छ । धितोपत्र तथा वस्तु वजार सम्वन्धी व्यवसाय तथा कामकारवाही र कारोवारलाई पारदर्शी वनाई लगानीकर्ताको हित संरक्षण गर्न तथा उक्त व्यवसायमा संलग्न सवैलाई जिम्मेवार वनाई सम्पत्ती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीलाई दुरुत्साहन तथा नियन्त्रण गर्न उदेश्यले बोर्डले सो निर्देशन ल्याएको हो ।

उक्त निर्देशिका अनुसार शेयर बजारमा एक दिनमा पटक पटक गरि कारोबार गर्नु परेमा वित्तीय इकाईमा जानकारी गराउनु पर्ने तथा सो निर्देशिकामा भएका अन्य निर्देशनहरु अब्यज्ञा गर्ने लाई १० लाख रुपैया देखि ५ करोड रुपैयाँ सम्म जरिवाना र कारोबारमा रोक्का तथा लाइसेन्स खारेजी सम्म गर्ने उल्लेख गरिएको छ ।
धितो पत्र बोर्डद्धारा जारी सम्पती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७६ को विस्तृत रुप :

सूचक संस्थाले आफ्नो कारोबार र व्यवसाय सञ्चालन गर्दा कानूनको पालना र उच्च नैतिक मापदण्डहरुको           पालना र अनुसरण           गर्नुपर्ने ।

 सूचक संस्थाले सम्पत्ति शुद्धीकरण तथाआतङ्कवादीक्रियाकलाप सम्बन्धीप्रचलितकानूनको कार्यान्वयन र          त्यस सम्बन्धी कसूरको     अनुसन्धान तथा तहकिकातमा कानून कार्यान्वयन गर्ने निकायलाई आवश्यक सहयोग       गर्नुपर्ने ।

 सूचक संस्थाले आफ्ना ग्राहकको सही रुपमा पहिचान तथा सो को सम्पुष्टि गर्नुपर्ने,

 सूचक संस्थाले उच्चपदस्थव्यक्तिको विशेष पहिचानवायकिनगर्दा थपउपायहरु समेत अवलम्बनगर्नुपर्ने ।

 सूचक संस्थाले वास्तविकधनीको पहिचानगर्दा वास्तविकधनीपहिचानगर्ने संयन्त्रको बमोजिमको                       व्यवस्थामिलाउनुपर्ने ।

 सूचक संस्थाले वास्तविकधनीवानिजको परिवार तथा सम्बद्ध व्यक्तिको सूचीको अभिलेख व्यवसायिक                 सम्बन्धवाकारोबार समाप्तभएको मितिले पाँचबर्षसम्म राख्नुपर्नेछ ।

 सूचक संस्थाले जोखिमको पहिचान, मूल्याङ्कन तथा व्यवस्थाप नगर्दा राष्ट्रिय तथा क्षेत्रगत जोखिम मूल्याङ्कन सम्बन्धी प्रतिवेदन, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धमा कुनै प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययन तथा अनुसन्धानको प्रतिवेदन, व्यवसायिक सम्बन्ध, सीमा र प्रकृति,  ग्राहक सम्बन्धी जोखिम हुन सक्ने तत्वहरु र जोखिम सापेक्ष अन्य विषयलाई समेत आधार लिनुपर्ने ।

 सूचक संस्थाले जोखिमलाई उच्च, मध्यम, न्यूनवर्गमा वर्गीकरण गर्नु पर्नेछ। साथै, सूचक संस्थाले जोखिमको समिक्षाको         आधारमा थप वर्गीकरण गर्न सक्ने इत्यादि ।

 जोखिम मूल्याङ्कनमा गर्दा उच्च जोखिम देखिएका ग्राहकको हकमा बृहत ग्राहक पहिचानको उपाय अवलम्बन गर्नु पर्ने ।

 सूचक संस्थाले जोखिमको आधारमा आफूसँग कारोबार गरिरहेका तथा गर्ने ग्राहकको पहिचान सम्बन्धी सूचना तथा विवरण राख्ने व्यवस्था लागू गर्नु पर्ने,

 सूचक संस्थाले ग्राहकको सही रुपमा पहिचान तथा सोको सम्पुष्टि भरपर्दो स्रोतबाट प्राप्त कागजात, तथ्याङ्क वा जानकारीका आधारमा गर्नु पर्ने,

 ग्राहकको पहिचानका सम्बन्धमा पेश गरिएका विवरण तथा कागजातहरु रुजु गर्ने जिम्मेवारी सहित कुनै कर्मचारीलाई तोकी त्यस्ता विवरण तथा कागजातहरुको आधिकारिकता निजबाट रुजु गराई राख्नु पर्ने ;

 ग्राहकको पहिचान तथा जाँच गर्दा जोखिममा आधारित भएर गर्नु पर्ने,

 सूचक संस्थाले व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा वास्तविक धनीको पहिचान तथा सम्पुष्टि गर्नको लागि आवश्यक मनासिव उपायहरु अपनाउनु पर्ने

 एक दिनमा पटक पटकवा एकै पल्ट दशलाख रुपैंया भन्दा वढिको कारोवारको जानकारी वित्तीयजानकारी इकाईमा दिनु पर्ने,

 शंकास्पद कारोवार सम्वन्धी प्रतिवेदन वित्तीय जानकारी इकाईमा दिनु पर्ने,

 सूचक संस्थाले ग्राहकसँगव्यावसायिक सम्बन्ध स्थापनागर्दा वाकारोबार गर्दा बृहत ग्राहक पहिचान सम्बन्धी उपयुक्तउपायहरु अपनाउनु पर्ने ।

 सूचक संस्थाले खास कारोबारको सम्बन्धमा विशेष ध्यान दिने प्रणालीको विकास गरी लागू गर्नु पर्नेछ ।

 ऐन, नियमावली र यस निर्देशनको व्यवस्थाको प्रभावकारी कार्यान्वयन नगर्ने सूचक संस्थार त्यस्तो सूचक संस्थाको कर्मचारी तथा पदाधिकारीलाई ऐन बमोजिमको कारबाही हुने । कारवाहीको प्रकार अन्तर्गत पहिलोे पटक लिखितरुपमा सचेत गराउने, दोेस्रो पटक कुनै वा सबै प्रकारको व्यवसाय गर्न रोक लगाउने, तेस्रो पटक दश लाख रुपैयाँदेखि पाँच करोड रुपैयाँसम्म जरिबानागर्ने र त्यसपछि सूचक संस्थाको दर्ता खारेज सम्मका कारबाही गर्ने ।

 

Ad