June 21st, 2019

स्वदेशी लघुवित्त वित्तीय संस्थाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाको सुन्सरी स्थित भोक्राहाशाखाले वित्तीय साक्षरता, सरसफाई सम्बन्धीजनचेतनामुलककार्यक्रमहरु सम्पन्न गरेको छ । संस्थाले सुन्सरी स्थित भोक्राको जनता माविका १ सय ५० जना विद्यार्थीहरुको सहभागितामा सो कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा लघुवित्त संस्थाले प्रदानगर्ने सेवा सुविधाको साथै वित्तीय साक्षरताको अर्थ, आवश्यकता र महत्व, नोटको जतन , पैसालाई कसरी सदुपयोग गर्ने, आम्दानी, खर्च, बचत, कर्जा, बैंकको प्रकार, बिमा, विप्रेषण सेवा, बजेट, वित्तीय अनुशासन आदिको बारेमा छलफल र भिडियो प्रर्दशनीमार्फत जानकारी गराईएको थियो । साथै स्कुलमा बालक्लब गठन गरेर, क्लबको पहिलो कार्यक्रम स्कुल सरसफाई गरिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]