June 17th, 2019

नेप्सेमा सामान्य सुधार हुँदा नेपाल बैंकको ३ करोड भन्दा बढीको कारोबार

 

बैंकिङ खबर । लगातार ओरालो लागिरहेको शेयर बजार साताको दोस्रो दिन भने झिनो अंकले उकालो लागेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.६३ अंकले बढेर १,२६०.९० को विन्दुमा बन्द भएको हो ।

सो दिन कारोबारमा आएका १ सय ७३ कम्पनीहरुको १३,७३,१२० कित्ता शेयर खरिद बिक्री हुदाँ ४० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबार कै आधारमा भने आज नेपाल बैंकले अग्रता लिएको छ । बैंक ३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।

यसैगरि यस दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । जसको शेयर मूल्यमा ६.७३ प्रतिशतले बढेको छ । भने ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले साथै सर्वाधिक गुमाएका छन् । जसको शेयर मूल्यमा ४.८ प्रतिशतले घटेको छ ।

समुहहरुमा ८ वटा समुहको परिसुचक बढेको छ भने ३ वटा समुहको परिसुचक घटेको छ । परिसुचक घटेका समुहमा विकास बैंक समुह २.७६ अंक, माइक्रोफाइन्नास समुह ३.१९ अंक र जीवन बीमा समुह १८.८४ अंकले घटेका हुन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]